जब्गादी सेवाकेन्द्र स्तरीय सदस्य सेवा सन्तुष्टि सम्वधी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्थाले जब्गादी सेवाकेन्द्र स्तरीय सदस्य सेवा सन्तुष्टि सम्वधी अन्तरक्रिया कार्यक्रम सस्थाका सचिव एवं शिक्षा उपसमिति संयोजक ओम प्रकास वस्यालको अध्यक्षतामा सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य मनोरथ भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथी प्रकास पार्दे सस्थाका व्यावस्थापक दिपेन्द प्रसाद पौडेलले संस्थाले प्रवाह गरीरहेको विभिन्न प्रकारका सेवाका सम्वन्धमा सदस्यहरुको वुझाई कस्तो रहेको छ सदस्यहरु यसमा कति सन्तुष्ट हुनुहुन्छ, आगामी दिनहरुमा संस्थाले अझै कस्ता प्रकारका सेवाहरु यस क्षेत्रका लागी अवलम्वन गर्दा सदस्य सेवा सन्तुष्टीमा वृद्धि गर्न सकिन्छ भन्ने सम्वन्धमा राय, सुझाव र सल्लाहहरु प्राप्त गर्नुनै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । शेयर सदस्यहरुको सफलतानै संस्था सफलताको आधार भएको भन्दै संस्था सधै सदस्यहरुको जिवनस्तरमा सुधार ल्याउन तथा कसरी सदस्यहरुलाई व्यावसायिक र उद्यमी बनाई एक सभ्य समाजको निर्माण गर्न सकिन्छ भन्ने मुल चिन्तन सहित अगाडी बढिरहेको बताउनुभयो ।

सस्थाका सञ्चालक समिति सदस्य लक्ष्मीदेवि ढकालले बर्तमान अवस्थामा विश्वव्यापी रुपमानै आर्थिक मन्दिको अवस्था देखिएकाले आफनो क्षमतालाई आफै मुल्याङ्कन गरेर ऋणको कारोवार गर्नुहुन अनुरोध गर्नुभयो ।

सस्थाका सुचना अधिकृत भानुभक्त आचार्यले सस्थाको आफ्नै एप्सबाट घरमै बसेर आफ्नो खाताको सम्वन्धमा जानकारी लिन, बिजुली, खानेपानी, इन्टरनेरट विल भुक्तानी तथा अन्य बैङ्कहरुको खातामा पनि पैसा पठाउन सकिने जानकारी गराउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा सस्थाका सचिव ओम प्रकास वस्यालले सदस्यहरुको राय सुझाव र सल्लाहका सम्वधमा आफ्ना भनाईहरु राख्दै बर्तमान अवस्थामा वजारमा आएका हल्लाका पछाडि नलागी ढुक्कसँग यस सस्थासँग कारोवार गर्नुहुन र आफ्नो पेसा व्यावसाय तथा उद्यममा लाग्नुहुन अनुरोध गर्नुभयो । साथै संस्थाका शेयर सदस्यहरुलाई कुन कुन सुविधा दियो भने कस्ता कस्ता कार्यक्रमहरु अगाडि लग्यो भने उत्पादनसँग, व्यावसायसँग र बजारिकरणसँग जोड्दै  उनीहरुको जिवनस्तर वृद्धि गर्न सकिन्छ भनेर संस्था निरन्तर लागीरहेको बताउनुभयो ।

रामपुर नगरपालिका ९ अर्वसिङको सभाहलमा भएको कार्यक्रममा जव्गादी सेवाकेन्द्रमा आवद्ध १५० जना शेयर सदस्यहरुको उपस्थित रहेको कार्यक्रको सञ्चालन  सस्थाका ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नुभएको थियो  ।